बलिवुड स्टार श्रीदेवीको निधन, हेर्नुहोस् बच्चादेखि दुबईसम्मको तश्विरहरु

Posted on: 25 Feb, 2018

फागुन १३, काठमाडौँ । बलीवुड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुबईमा निधन भएको छ । ५४ बर्षको उमेरमा श्रीदेवी आफ्नो पति बोनी कपूर र कान्छी छोरिसँग विवाहमा सरिक हुन दुबई पुगेकी थिइन । 

तर त्यहाँ श्रीदेवीको अचानक निधन भएको खबरले बलीवुड कलाकार तथा उनको फ्यानहरुमा गहिरो चोट पुगेको छ । 

पछिल्लो जानकारी अनुसार, श्रीदेवीको मुंबई स्थित घरमा आफन्तजनहरु जान सुरु गरेका छन्, जहाँ श्रीदेवीकि ठूली छोरी जाह्नवी कपूरलाई सान्त्वना दीईरहेका छन् । फिल्म 'धड़क' को शूटिंग शेड्यूलको कारण श्रीदेवीकि ठूली छोरी जाह्नवी आमासँग दुबई जान पाएकी थिइनन् । 

कयौं सुपरहिट फिल्ममा काम गरेकी श्रीदेवीको अन्तिम फिल्म 'मम' रह्यो । यस अघि २०१२ मा उनको फिल्म 'इंग्लिश भिंग्लिश' निकै चर्चित भएको थियो । १९८३ मा आएको फिल्म 'हिम्मतवाला' ले उनलाई रातारात स्टार बनाएको थियो । श्रीदेवीले आफ्नो साथीहरु र फिल्म इन्डस्ट्रीलाई नै अचम्ममा पार्दै प्रोड्यूसर बोनी कपूरसँग विवाह गरेकी थिइन् ।

सबैभन्दा पछिल्लो तश्विर: दुबईमा विवाह समारोहमा खिचाईएको हो | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!