चीनमा सी चिनफिङलाई तेश्रो पटक राष्ट्रपति बन्ने बाटो खुल्यो !

Posted on: 25 Feb, 2018

फागुन १३, काठमाडौं | चीनमा २ पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने नियमलाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले फेरबदल गर्ने भएपछी चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तेस्रो पटक पनि राष्ट्रपति बन्ने बाटो खुलेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले कुनै पनि व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई हटाउने प्रस्ताव गरेपछि सीलाई फेरी राष्ट्रपति बन्ने बाटो खुलेको हो । 

धेरैले राष्ट्रपति सीले आफू तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्न चाहेको अड्कल गर्दै आएका थिए । यसै अनुरुप पार्टीमा ७ जनाको शक्तिशाली सदस्य चुन्नुपर्नेमा त्यसो गरिएको थिएन । पार्टीको परम्परा अनुसार चीनमा दोश्रो कार्यकाल राष्ट्रपति बनेको व्यक्तिलेनै भविष्यको लागि राष्ट्रपति र प्रधानमन्त्री छानेर शक्तिशाली ७ जनामा राख्ने चलन थियो । तर राष्ट्रपति सीले आफ्नो दोश्रो कार्यकाल सुरु हुंदा पुरानो नियमलाई वास्ता गरेनन् । यसैले पनि धेरैले उनि आफै तेश्रो कार्यकाल पनि राष्ट्रपति बन्ने दाउमा रहेको अड्कल गरेका थिए । 

पछिल्लो समय पार्टीको केन्द्रीय समितिलेनै राष्ट्रपतिको कार्यकाल सम्बन्धि संविधान संशोधन गर्ने निर्णय गरेपछि पुराना अड्कल सत्य सावित भएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!