दुबईको स्वास्थ्य मन्त्रालयको रिपोर्ट: श्रीदेवीको मृत्यु पानीमा ‘डुबेर’!

Posted on: 26 Feb, 2018

फागुन १४, काठमाडौँ | भारतीय अभिनेत्री श्रीदेवीको मृत्युपछी पोस्टमार्टम रिपोर्ट आईसकेको छ । संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयको तर्फबाट आएको रिपोर्ट अनुसार रक्सिको नशामा श्रीदेवीको ब्यालेन्स बिग्रिएपछी बाथटबमा लडेर उनको मृत्यु भएको हुनसक्ने बताइएको छ । तर अहिलेसम्म मृत्युको यही कारण भनेर एकिन गरिएको छैन | रिपोर्टले डुबेर मृत्यु भएको देखाएको छ ।

रिपोर्ट अनुसार उनलाई कार्डिएक अरेस्ट भएको नभई डुबेर मृत्यु भएको हो । शनिवार उनको मृत्यु कार्डिएक अरेस्टको कारण भएको बताइएको थियो । बिभिन्न कारण उनको पार्थिव सरिर मुम्बई आउन ढिलाई हुन सक्ने बताइएको छ ।

दुबई प्रहरीले भने अनुसार श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको हो । चर्चित अभिनेत्री श्रीदेवीको फेब्रुअरी २४ मा दुबईमा निधन भएको थियो । उनी आफ्नो भतिजाको विवाहमा सहभागी हुन श्रीमान बोनी कपूर र सानी छोरी खुशी कपूरका साथ दुबई दिन गएकी थिइन् । 

अहिलेसम्म श्रीदेवीको पार्थिव शरीर भारत ल्याइएको छैन । पोस्टमार्टम रिपोर्ट र अन्य औपचारिकता पूरा गरेपछि मात्रै उनको पार्थिव शरीर भारत ल्याइनेछ । यसअघि श्रीदेवीको मृत्यु आकस्मिक हृदयघातका कारण भएको बताइएको थियो । 

५४ वर्षीया श्रीदेवीले आफ्नो पाँच दशकको फिल्मी यात्रामा झण्डै तीन सय फिल्ममा काम गरेकी छिन् । उनको जन्म अगस्ट १३, १९६३ मा तामिलनाडुमा भएको थिए । उनले चार वर्षको उमेरमै तामिल फिल्म ‘कंधन करुणई’ बाट अभिनय यात्रा सुरु गरेकि थिईन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!