श्रीदेवीको मृत्यु रहश्यमयी बन्दै: श्रीमान बोनी कपुरमाथिनै १० प्रश्न !

Posted on: 27 Feb, 2018

फागुन १५, काठमाडौँ | दुबईको होटल जुमेराह ईमारत टावरमा भएको श्रीदेवीको मृत्युको राज खुल्दै गईरहेको छ । भारतीय संचार माध्यमहरुले प्रत्यक घण्टा उनको मृत्युसँग जोडिएका नयाँ-नयाँ खुलाशा गरिरहेका छन् । 

मृत्युको कारण कार्डिएक अरेस्टबाट सुरु भएर रक्सि पिएको र बाथटबमा डुबेकोसम्म पुगेको छ । दुबई प्रहरीको बयान अनुसार, "श्रीदेवीले रक्सि पिएकी थिइन् र बाथरूममा अनकन्ट्रोल भएर बाथटबमा लडेकी थिइन् जहाँ उनको मृत्यु भएको थियो ।" मृत्युको घटनाक्रम र पछिल्लो रिपोर्टले कयौं यस्ता प्रश्न खडा गरिदिएको छ, जसले श्रीदेवीको मृत्युलाई थप रहश्यमयी बनाइदीएको छ ... | यसै अनुरुपको आशंकामा दुबई प्रहरीले कपुरसँग ३ घण्टासम्म बयान लिएको बताइएको छ | त्यस्तै श्रीदेवीको कलरेकर्डमा पनि मगाइएको छ |


माथिको तश्विरमा: श्रीदेवी आफ्नो श्रीमान बोनी कपुरको साथमा ..

प्रश्न १:

बोनी कपूर आफ्नो भान्जाको विवाहमा श्रीमती र सानी छोरीसँग दुबई गएका थिए । तर विवाह सकिएलगत्तै उनि फर्किए । आखिर उनि एक दिनको लागि श्रीदेवीलाई छाडेर किन फर्किए ? फेरी श्रीदेवीलाई सरप्राइज दिन भन्दै किन दुबई फर्किए ? 

प्रश्न २:

डाक्टरहरुले प्रश्न गरेका छन् कि यदी बाथटबमा लडेर उनको मृत्य भएको हो भने श्रीदेवीको सरिरमा कुनै ठोक्किएको वा कुनै दाग किन छैन ?

प्रश्न ३:

आखिर श्रीदेवीले कति रक्सि पिएकी थिइन् ? जो आफै पनि कन्ट्रोल हुन सकीनन् ? किनकी उनको पारिवारिक साथी अमर सिंहले दिएको जानकारी अनुसार श्रीदेवी कहिलै हार्ड ड्रिंक (रक्सि) लिन्थीनन्, तर कहिलेकाहीं सार्वजनिक रुपमा वाइन सेवन गर्ने गरेकी थिइन् ।

प्रश्न ४:

यदी ३ औं प्रश्न सहि हो भने के उनलाई जबर्जस्ति वा करकापमा रक्सि पिलाईएको थियो र बाथटबमा फ्याकिएको थियो ? 

प्रश्न ५:

बाथरूममा श्रीदेवी छिर्नु अघिनै बाथटब पानीले कसरी भरिएको थियो ? के जाना-जान बाथटबमा पानी भरिराखिएको थियो ? 

प्रश्न ६:

बोनी कपूरले मृत्यु भएको थाहा पाए लगत्तै प्रहरीलाई फोन नगरी किन साथीलाई फोन गरे ?

प्रश्न ७:

पोस्टमार्टम रिपोर्टमा बाथटबमा डुब्नाले मृत्यु भएको कुरा भनिएको छ, जुन कुरा पत्यार लाग्दो छैन । किनकी त्यो बाथटब थियो, कुनै स्वीमिङ पूल थिएन, जसमा एउटी नर्मल मान्छे लडेर उठ्न सकेन ।


प्रश्न ८:

भान्जाको विवाह सकिएपछी श्रीदेवी आफ्नी बहिनीसँग दुबईमै बसेकी थिइन् । उनि आफ्नो बहिनीसँग समय बिताउन चाहन्थिन् । तर मीडिया रिपोर्टमा बताइएको छ कि श्रीदेवी मृत्यु अघि ४८ घण्टादेखि होटलबाट बाहिरनै निस्केकी थिईनन् ।

प्रश्न ९:

जब रात ९ बजे श्रीदेवीलाई यत्रो बज्रपात आईपर्यो, तब किन यो खबर आधी रातपछी मात्र बाहिर थाहा दीईयो ?

प्रश्न १०:

होटल स्टाफले कुराकानीको क्रममा बताएका छन् कि दुबईको समय अनुसार करीब रात १०:३० बजे श्रीदेवीले पानी अर्डर गरेकी थिइन् । सेवा दिनको लागि होटलको कर्मचारी करिव १५ मिनेटमा उनको कोठामा पुग्यो । उसले ढोकाको घन्टी बजायो, तर ढोका खुलेन । यस्तो अवस्थामा के आशंकाले होटलको अलार्म बटन दबाईयो र ढोका तोडियो ? भित्र जाँदा श्रीदेवी बाथरूम फ्लोरमा लडिरहेकी थिइन् । उनको पल्स चलिरहेको थियो । त्यसबेला ११ बजेको थियो । यदी घटना यस्तै भएको भने घटना थप रहश्यमयी बनेको छ । होटल स्टाफले भनेको कुराकानीलाई आधार मान्ने हो भने घटनामा बोनी कपूर गायब छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!