बोनी कपूरलाई दुबई प्रहरीले सोध्यो ९ प्रश्न, कोठा नम्बर २२०१ को दृश्य पुन: खिचिन सक्ने

Posted on: 28 Feb, 2018

फागुन १६, काठमाडौँ | श्रीदेवीको मृत्युको खबर अझै पनि रहश्यमयी नै छ । पीएम रिपोर्टपछी खुलासा भएको छ कि मृत्यु कार्डिएक अरेस्टबाट नभएर बाथटबमा डुबेर भएको थियो । उनको रगतमा अल्कोहलको मात्रा पनि देखिएको थियो । रिपोर्ट आएपछि दुबई प्रहरीले मुद्धा पब्लिक प्रसिक्यूटरलाई जिम्मा दिएको थियो । मृत्युको रहश्य समाधान गर्नको लागि श्रीदेवीको श्रीमान बोनी कपूर सहित होटलका स्टाफहरुलाई प्रहरीले बयान लिएको थियो । तल हेर्न सक्नुहुनेछ, प्रहरीले कस्ता प्रश्नहरु राखेको थियो ? 

मीडिया रिपोर्ट्सलाई आधार मान्ने हो भने पब्लिक प्रसिक्यूटरले बोनी कपूरलाई साढे तीन घण्टा बयान लिएको थियो, जसमा बिभिन्न कोणबाट प्रश्नहरु गरिएको थियो ।

प्रश्न १ - तपाइँले श्रीदेवीसँग भेटेर के कुरा गर्नुभयो ? 

प्रश्न २ - जब श्रीदेवी बाथरूमबाट बाहिर निक्लिनन् तब तपाईलाई के आशंका भयो ? 

प्रश्न ३ - बाथरूमबाट निक्लन ढिला भएपछी तपाइले के गर्नुभयो ? 

प्रश्न ४ - तपाइले होटलको बाथरुममा के देख्नुभयो ? 

प्रश्न ५ - श्रीदेवीलाइ बेहोश देखेपछी तपाइले के गर्नुभयो ? 

प्रश्न ६ - होटलको मेडिकल टीमलाई कसले सम्पर्क गर्यो ? 

प्रश्न ७ - तपाइले सबैभन्दा अगाडी कसलाई सम्पर्क गर्नुभयो ?

प्रश्न ८ - होटलको मेडिकल टीममा को-को थिए ?

प्रश्न ९ - प्रहरीलाई कसले फोन गरेर मृत्युको खबर दियो ? 

मीडिया रिपोर्ट्स अनुसार बोनी कपूरको अलावा तीन अरु व्यक्तिको बयान लिईएको थियो जो श्रीदेवीलाई अस्पताल लगिएको समय बोनी कपूरसँगै थिए । प्रहरीले २ डाक्टर र ५ अटेन्डेटको पनि बयान लिएको थियो । श्रीदेवीको कल डिटेल्स पनि अनुसन्धामा छ ।

श्रीदेवी दुबईको जुमेरा इमारत टावर्स होटलको कोठा नम्बर 2201 मा बसेकी थिइन् । त्यसै कोठाको वासरूममा उनि बेहोस भेटिएकी थिइन् । अब अड्कल काटिएको छ कि खोजतलासको क्रममा मृत्युको रहश्य पत्ता लगाउन कोठा नम्बर २२०१ मा पुरै दृश्य रि-क्रिएट गर्न सक्छ । जसले घटनाको सत्यता पत्ता लगाउन सहज हुने आशा गर्न सकिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!