आइएससँग विवाह गर्ने ४ युवतीलाई मृत्युदण्ड

Posted on: 14 Mar, 2018

फागुन ३०, बग्दाद (रासस/सिन्ह्वा) | इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । 

उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिनुभएको छ । इराकको सर्वोच्च न्यायलयका ती प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । 

आइएस लडाकूहरूसँग बिहे गरेर आक्रमण र हिंसाका लागि आवश्यक युद्धसामाग्री पनि उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको आरोप सो अदालतको छ । यस अभियोग ती महिलाले स्वीकार गरेका छन् । 

मृत्युदण्डको सजाय सुनाइएका ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीलाई कालो पोशाकमा केही दिनमात्र अघि बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएइको थियो । 

इराकको मोसुल सहरबाट आइएस लडाकूलाई लखेटेपछि इराकी सुरक्षाफौजले आइएसको संलग्नताको खोजी गरिरहेको छ । 

सुरक्षा फौजले पछिल्लो समयमा ५०० भन्दा बढी र बालबालिकालाई विभिन्न सहरबाट पक्राउ परेका एएफपी समाचार समितिले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!