साउदीको पहिलो रोबट नागरिक सोफिया भोली नेपाल आउँदै

Posted on: 20 Mar, 2018

चैत ६, काठमाडौं । विश्वकै पहिलो नागरिकताधारी पाएकी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ । आधिकारिक रुपमा साउदी अरेवियाको नागरिकता पाएको उनलाई संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार नेपाल ल्याउन लागिएको हो ।

साउदीले नागरिकता दिएको भएपनि सोफियालाई हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो । मानिसले जस्तै हास्ने, कुराकानी गर्ने यो रोबोटले अन्तर्वार्ता पनि दिन्छ । 


हृयानसन रोबोटिक्सको यो रोबोटले रियादमा भइरहेको फ्यूचर इन्भेस्टमेन्ट नामको एउटा सम्मेलनमा उद्घोषकको रुपमा काम समेत गरिसकेको छ । रोबोट सोफिया मानिसहरुका बीचमा उनीहरुजस्तै रहने गरी बनाइएको छ । 

यो रोबोट मानिसको अनुहारमा आउने भाव बुझ्न सक्ने र मानिसहरुसँग सामान्य कुराकानी गर्न सक्नेगरी बनाइएकोले निकै लोकप्रिय पनि छ । यसले थुप्रै मिडियामा अन्तर्वार्ता पनि दिइसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!