अमेरिकी विमानस्थलमा पाकिस्तानी प्रधानमन्त्रीको यसरी ‘अपमान’ (भिडियो सहित)

Posted on: 28 Mar, 2018

चैत १४, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई अमेरिकी विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा अपमान गरिएको छ । एउटा देशको प्रधानमन्त्री जस्तो व्यक्तिले अमेरिकामा सुरक्षा जाँचको पूरा चरण पार गर्नु परेको हो । 

सामान्यतया भीआईपीहरुलाई नियमित सुरक्षा जाँच प्रक्रिया पूरा गर्नु पर्दैन । अब्बासी पाकिस्तानी प्रधानमन्त्री हुन् । तर, उनलाई आम मानिसलाई जस्तै सुरक्षा जाँच गरेर अपमान गरेको प्रतिक्रिया पाकिस्तानमा पाइएको छ ।

उनी एक निजी भ्रमणका क्रममा अमेरिका पुगेका थिए । त्यसक्रममा उनले विमानस्थलको सुरक्षा जाँचका क्रममा कोट खोल्नुका साथै ब्याग बोकेर नियमित सुरक्षा जाँच पूरा गरेको भिडियो सार्वजनिक भएको छ ।

समाचारहरुमा जनाइए अनुसार परिवारको सदस्य विरामी भएपछि अमेरिका गएका अब्बासीले उपराष्ट्रपति माइक पेन्सलाई समेत भेटेका थिए । भेटमा पेन्सले आतंकवादी समूहविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!