सलमान खानलाई ५ वर्षको जेल सजाय

Posted on: 05 Apr, 2018

चैत्र २२। भारतीय अभिनेता सलमान खानलाई भारतीय अदालतले ५ वर्षको जेल सजाय सुनाइएको छ  । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले सो सजाय सुनाएको हो ।

जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का छायांकनका दौरानमा कालो हिरण मारेको आरोपमा सलमानलाई सजाय सुनाएकाे हाे ।  सलमानलाई पाँच वर्षकाे जेल सजायसँगै १० हजार रुपैयाँ जरिवाना ताेकिएकाे छ । 

अदालतको फैसला लगतै सलमानलाई  हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!