ईराकका पूर्व तानाशाह सद्दाम हुसेनको शव गाडेको ठाउँबाट गायब !

Posted on: 17 Apr, 2018

बैशाख ४, काठमाडौँ | इराकका पूर्व तानाशाह सद्दाम हुसेनको शव गाडेको स्थानबाटै गायब भएको छ | २००६ मा हुसेनको फांसी दिईएको थियो | तर उनलाई गाडेको स्थानमा कंक्रिटको टूट-फूट भएको अवस्थामा भेटिएको छ | 



सद्दाम हुसेनलाई ३० डिसेम्बर २००६ मा फांसी दिईएको थियो | फांसीपछी उनको शव अमेरिकी मिलिट्री हेलिकप्टरबाट इराई लागिएको थियो | सद्दामको शव ईराकको अल अवजामा गाडिएको थियो | पछी यो स्थान तीर्थस्थलको रुपमा प्रख्यात बन्यो | साथै हरेक बर्ष सद्दामको जन्म दिनमा उनका समर्थकहरु जम्मा हुने गरेका थिए | 



सद्दामको शव गायब भएको बिषयमा बिभिन्न दावी गरिएको छ | उनकै एक वंशज शेख मनफ अली अल निदाले भने अनुसार कसैले उनको शव गाडेको स्थानबाट निकालेर जलाएको छ | तर त्यहाँ स्थित सुरक्षामा खटिएका सुरक्षाबलहरुको अनुसार आईएसको हमलामा सद्दाम गाडेको स्थान ध्वस्त भएको हो | 

तर अर्को दावी के पनि छ भने सद्दामको शव उनको छोरीले लिएर गएकी छन् । सद्दामको लागि काम गरिसकेका एक सैनिकको दावी अनुसार तानाशाह सद्दामको छोरीले उनको शव आफ्नो प्राइभेट(व्यक्तिगत) जहाजमार्फत इराकबाट चुपचाप पिताको डेडबडी लिएर जोर्डन गएकि हुन् । 


सद्दाम हुसेनलाई ३० डिसेम्बर २००६ मा फांसी दिईएको थियो | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!