इराकद्वारा १९ रूसी महिलालाई जन्मकैद

Posted on: 29 Apr, 2018

वैशाख १६, बग्दाद | रासस/एएफपी | इराकको एक अदालतले इस्लामिक स्टेट (आइएस) समूहमा सम्लग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्मकैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ । 

उनीहरूले इराकमा रहेर आइएस समूहलाई सघाउँदै आएको अभियोग अदालतले लगाएको हो । 

बग्दादको आतङ्कवाद सम्बन्धि मुद्दा हेर्ने केन्द्रीय फौजदारी अदालतका प्रमुख न्यायाधीशले अदालतमा मुद्दा खेपिरहेका १९ जना रूसी महिलाहरू आइएस समूहमा सम्लग्न भएका वा कुनै न कुनै रूपमा आइएसका गतिविधिलाई सहयोग गरेको पाइएकोले जन्मकैदको सजाय गरिएको बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!