अफगानिस्तानको काबुलमा भएको आत्मघाती हमलामा २३ को मृत्यु

Posted on: 30 Apr, 2018

वैशाख १७ काबुल | अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २३ पुगेको छ । 

मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम हमलामा परी अरु २७ जना नराम्ररी घाइते भएका बताइएको छ । 

सो विस्फोटमा आत्मघाती पनि दुई जना मारिएका छन् । उनीहरुको पहिचान खुलेको छैन ।

सोमबार बिहान दुई जना आत्मघातीले उक्त विस्फोट गराएको बताइएको छ । 

मारिनेमा तीन जना पत्रकार पनि परेका बताइएको छ । ती तीन जना पत्रकारमध्ये एकजना फोटो पत्रकार रहेको अफगानिस्तानको पत्रकार वकालत समूहले जनाएको छ । 

उक्त आक्रमण कसका लागि लक्षित थियो भन्ने बारेमा केही खुलेको छैन । तर पनि उक्त आक्रमणस्थल अफगानिस्तानको अर्धसैन्य बलको नजिक रहेकोले सोही कार्यालयलाई लक्ष गरिएको अनुमान प्रहरीको छ । 

सो क्षेत्र वरपर अरु पनि केही सरकारी कार्यालयहरु रहेका छन् । ती कार्यालहरुलाई पनि लक्ष गरिएको अनुमान गरिएको छ । 

आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन । 

त्यसैगरी सो हमलामा परी मारिने पत्रकारको पनि पहिचान खुलेको छैन । 

प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीकाअनुसार अर्धसैन्य बलको नजिकै सो कार्यालय रहेकोले उनीहरुले उक्त कार्यालयमा रहेका अधिकारीलाई लक्ष गरेका थिए । 

तर मारिनेमा के कति जना सर्वसाधारण र उक्त बलका सदस्य कति परे भन्ने बारेमा भने केही जानकारी गराइएको छैन । रासस÷सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!