अमेरिकामा १७ बर्ष यताकै सबैभन्दा धेरै रोजगारी सिर्जना, ६४ हजार रोजगारी थपिए

Posted on: 05 May, 2018

वैशाख २२, वासिङटन (रासस/एएफपी) | अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ । 

सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ । यो महिना ३.९ प्रतिशतको दरले बेरोजगारी घटेको मजदूर विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यो दर सन् २००० को डिसेम्बर महिनापछिको सबैभन्दा थोरै हो । 

बेरोजगारी दर घट्नुको मुख्य श्रेय राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसलाई नै जाने बताइएको छ । 

अर्थविद्हरूले मार्चमा र अप्रिलमा योभन्दा बढी अर्थात् एक लाख ९० हजार नयाँ रोजगारी सिर्जना हुने पुर्वानुमान गरेपनि रोजगारीका अवसर अपेक्षित नरहँदा सोचेभन्दा रोजगार दरमा कमी देखिएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!