अमेरिकाको हवाई क्षेत्रका १ लाख ८५ हजारको ज्यान खतरामा

Posted on: 08 May, 2018

अमेरिकाको हवाईमा रहेको सबैभन्दा गतिशील हुने ज्वालामुखी किलुआले भयानक रुप लिएको छ | बैज्ञानिकहरुको अनुसार ज्वालामुखी विस्फोट पछी को लाभा ३३० फीट  माथि सम्म पुगेको थियो | लाभाको कारणले गर्दा वरिपरीका धेरै घरहरुलाई नोक्सान पुगेको छ | २ हजार भन्दाबढी  स्थानीय बासिन्दाहरुलाई सुरक्षित तर्फ सारिएको छ |

- उक्त क्षेत्रमा १० ठाउँमा लाभा फुटीरहेको छ | उक्त लाभा ४० लाख फिटसम्म फैलिसकेको छ |  

- पाँच दिन भित्र ५ सय चोटी भन्दा धेरै भूकम्प गईसकेको छ |

- भूकम्पको कारणले गर्दा भीषण विस्फोट हुने संम्भावना रहेको छ |

- ३३० फिट भन्दा माथि लाभा उठेको र ४ लाख वर्गफिट सम्म लाभा फैलिएको छ |  


हरेक साल ८९ लाख मान्छेहरु किलुआ ज्वालामुखी हेर्न आउँछन्

- हिलो आईलैंडको  मध्य ५ ज्वालामुखी मध्य  किलुआ पनि एक हो |

- लाभाको कारणले गर्दा वल्कैनो नेशनल पार्क बन्द भएको छ |


- दिपमा बस्ने १ लाख ८५ हजार मान्छेको ज्यान खतरा छ |

- केहि क्षेत्रमा जमिन फाटीएको कारणले  गर्दा सल्फर डाई अक्साईड बाहिर निस्केको छ |

- जियोलोजीकल सर्वको अनुसार अझै म्याग्मा भित्र भएको कारणले विस्फोट हुने सम्भवना रहेको छ | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!