भारत र पाकिस्तानमा भूकम्प, ६.४ मापन

Posted on: 09 May, 2018

वैशाख २६, नयाँदिल्ली | भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महशुस गरिएको छ । 

भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कास्मीरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्प गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए । तर कुनै ठूलो क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको अधिकारीहरूले बेलुका बताएका छन् । 

त्यसैगरी पाकिस्तानमा गएको भूकम्प ६.४ म्याग्नीच्युडको मापन गरिएको छ । राजधानी इस्लामाबाददेखि अफगानिस्तानसँगको सीमा क्षेत्रसहित देशका विभिन्न ठाँउमा भूकम्पको महशुस गरिएको जनाइएको छ । 

भूकम्पका कारण राष्ट्रियसभाको बैठक पछाडि सारिएको थियो । पाकिस्तानमा पनि भूकम्पबाट कुनै मानवीय क्षति भएको विवरण भने नआएको अधिकारीहरूले बताएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!