भारतमा हावाहुरीका कारण मृत्यु हुनेको संख्या ६१ पुग्यो

Posted on: 14 May, 2018

वैशाख ३१ काठमाडौँ | भारतमा हावाहुरीका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ । आइतबार बेलुकी आएको हावाहुरीले सबैभन्दा बढी उत्तर प्रदेशमा ३८ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी मानिसहरु घाइते भएका छन् । 

आन्ध्र प्रदेशमा १२, पश्चिम बंगालमा नौ र राजधानी दिल्लीमा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दिल्ली र आसपासका क्षेत्रमा १०९ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको बताइएको छ । बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!