विमान दुर्घटना हुँदा सयभन्दा बढीको मृत्यु, तीनको उद्दार

Posted on: 19 May, 2018

जेठ ५, काठमाडौँ | क्यूवामा विमान दुर्घटना हुँदा सयभन्दा बढीको ज्यान गएको छ ।

बोइङ–७३७ नम्बरको जहाज क्यूवाको मुख्य विमानस्थल हवाना नजिकै दुर्घटना हुँदा सय जनाको ज्यान गएको हो । क्यूवामा भएको यो दुर्घटना गएको दशककै सबैभन्दा ठूलो दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । दुर्घटनाग्रस्त विमानबाट तीन जना महिलाको उद्धार गरिएको छ । तर उद्धार गरिएका महिलाको अवस्था चिन्ताजनक रहेको बीबीसीले उल्लेख गरेको छ ।

४० वर्ष पुरानो त्यो विमानमा १०४ जना यात्रु र ६ जना जहाजको टोली रहेका थिए । विमान शुक्रबार दुर्घटना भएको हो । 

जहाज हवाना विमानस्थलबाट स्थानीय होलगुइन विमानस्थलतर्फ छुट्दै गर्दा दुर्घटना भएको हो । विमानमा ५ जना विदेशी नागरिक पनि रहेको जनाइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!