साउदी अरबमा २४ जुनदेखि महिलाहरुको हितमा नयाँ फैसला

Posted on: 20 May, 2018

जेष्ठ ६, एजेन्सी | साउदी अरबमा महिलाको लागि स्वतन्त्रता धेरै कम छ | तर अहिले भने रुढीवादी परम्परालाई तोड्दै साउदी अरब आधुनिक मान्यतातर्फ अगाडी बढिरहेको छ | त्यसको उदाहरण हो आगामी २४ जुनदेखि साउदी अरबका महिलाले एक्लै सडकमा गाडी चलाउन पाउने भएका छन् ।

साउदी अरबमा परम्परा र धर्मको नाममा महिलामाथि कयौं प्रकारका प्रतिबन्ध लगाइएको छ । जसमा ड्राइभिङ गर्नु पनि एक हो । यद्यपी साउदी राजकुमार मोहम्मद बिन सलमानले यी परम्परालाई हटाएर नयाँ फैसला लिएका छन् | उनको भनाई अनुसार आगामी २४ जुनदेखि महिलामाथि ड्राइभिङ गर्न लगाएको प्रतिबन्ध पूरै हटाइने छ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले गत वर्ष महिलाले गाडी चलाउन नपाउने प्रतिबन्ध हटाउने घोषणा गरेका थिए । महिलालाई पनि सवारी चलाउन दिने निर्णय चौतर्फी स्वागत गरिएको थियो । राजकुमारको यस्तो घोषणापछि साउदीका कयौं शहरमा त्यसकालागि ड्राइभिङ स्कुल पनि खोलिएका छन् । विशेष गरी महिलाका लागि  साउदीका पाँच शहरमा ड्राइभिङ स्कुल सुरु गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

साउदीमा परिवर्तनको नयाँ दौड सुरु भए संगै सिनेमामा  लगाइएको प्रतिबन्ध पनि हटाइसकिएको छ । साउदीको दुई शहरमा सिनेमा हल खुलिसकेका छन् । जहाँ महिला पनि सिनेमा हेर्न पाउँछन् । यसअघि साउदीमा महिलालाई सिनेमा हेर्न प्रतिबन्ध लगाइएको थियो।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!