क्यानाडाको इण्डियन रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जना घाइते, ३ को अवस्था गम्भीर

Posted on: 25 May, 2018
जेठ ११, काठमाण्डौ । क्यानाडाको टोरोन्टो नजिकैको बम्बे भेल इन्डियन रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जना घाइते भएका छन्। 
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
शंकास्पद दुई व्यक्ति प्रवेश गरेर विस्फोट गराएको जानकारी बाहिर आएको छ | विस्फोटका कारण रेस्टुरेन्ट पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!