ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

Posted on: 05 Jun, 2018

जेठ २२, ग्वाटेमाला | ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ । 


राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका थिए । 

फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेका भए तापनि र दर्जनौँ मानिसहरू हराइरहेका उल्लेख गरिएको छ । मध्य अमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले उक्त जानकारी दिएको छ । 

ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ । 

उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएका कैयौं व्यक्तिहरूले आफ्ना आफन्त हराइरहेका बताएका छन । 

त्यसमा परी अरु करिब ४६ व्यक्ति घाइते भएका र ती मध्ये प्रायःको अवस्था चिन्ताजनक भएको बताइएको छ । 

आइतबार राति भएको यस प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । ती मध्ये ३ हजार २७१ व्यक्तिलाई १ हजार ७८७ शरणार्थी स्थलमा सारिएको बताइएको छ । 

सुरुमा यस प्रकोपमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ भएको बताइएको थियो । पछि सो सङ्ख्या बढेर ६५ पुग्यो अझै पनि व्यक्ति हराइरहेका र घाइते मध्ये पनि कैयौको अवस्था चिन्ताजनक भएको मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

यहाँको सेना र प्रहरीले उद्धारको काम जारी राखेका छन । उनको सहयोगमा ठूलो सङ्ख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको छ । 

उद्धारकर्ताका उक्त पहाडी क्षेत्रमा अकस्मात ज्वालामुखीको गतिविधि बढेको र खरानीको मुस्लोका कारण दिउँसोको नै रातिको दश बजे जस्तो लागेको बताएका छन् । 

ज्वालामुखी विज्ञ जेनिन क्रिपनरले फोएगो एकदमै सक्रिय ज्वालामुखी भएको त्यहाँ खुकुलो प्रकृतिका ज्वालामुखीबाट निस्कने बस्तुहरू रहेका बताउनु भएको छ । 

उहाँले भीषण पानी परेको अवस्थामा यस्ता ज्वालामुखीबाट एकदमै ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको भेल बाहिर बग्ने गर्छ जुन एकदमै खतरनाक र घातक हुनसक्ने पनि थप जानकारी दिनु भएको छ ।(रासस/एएफपी)

यस बिषयमा तपाइको प्रतिक्रिया...!