भारतमा तनाबग्रस्त मौषम: ७७ जनाको मृत्यु, दिल्ली जाँदै गरेका ३५ प्लेन डाईभर्ट

Posted on: 10 Jun, 2018

जेठ २७, काठमाडौँ | छिमेकी मुलुक भारतमा मौषम तनाबग्रस्त बन्दा पछिल्लो २४ घण्टामा ७७ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ । 

मौषमको प्रभाव उत्तर प्रदेश तथा महाराष्ट्रमा बढी छ । आँधीका कारण दिल्लीबाट ३५ प्लेन डाईभर्ट गराईएको छ । तूफान र चट्याङका कारण उत्तर प्रदेश र महाराष्ट्रमा शनिबार २९ जनाको मृत्यु भएको छ । 

नयाँ दिल्लीमा शनिबार करीब ७० किमी प्रतिघन्टाको गतिमा भएको धुलो सहितको आंधीबेहरी आउँदा स्थिति तनावग्रस्त बनेको थियो । 


शुक्रवार मात्र उत्तर प्रदेश, बिहार, झारखंड सहित ५ राज्यमा बर्षा र चट्याङका कारण ४८ को मृत्यु भएको थियो । बिहारमा २४, उत्तर प्रदेशमा ११, झारखन्डमा ९, ओडिशा र मध्य प्रदेशमा २/२ जनाको  खराव मौशमको कारण मृत्यु भएको हो ।

पछिल्लो १० दिनमा मात्र भारतमा खराब मौषमको कारण ४०० भन्दा बढीले ज्यान गुमाई सकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!