जथाभावी फालिने प्लास्टिकको बोतल मेसिनमा खसाले ५ रुपिया उपहार

Posted on: 12 Jun, 2018

एजेन्सी | भारतमा विश्व वातावरण दिवससंगै नयाँ कामको सुरुवात भएको छ | "विश्व वातावरण दिवस" विश्व भर फरक फरक तरिकाले मनाईएको अवस्थामा भारतमा भने केहि अलगै तरिकाले यो  दिवस मनाइएको थियो  | 

विश्व वातावरण दिवसको अवसरमा भारतको केहि शहरमा विश्वामित्री नदीको सरसफाई र रेल्वे स्टेशनमा प्लास्टिक बोतलको क्रशर मेशिन राखेर गरिएको थियो | उक्त मेसिनको खास बिशेषता प्लास्टिकको बोतल खसाल्ने व्यक्तिको पेटीएम अकाउंटमा प्रत्येक बोतलको ५ रुपियाको दरले उपहार दिईने रहेको छ | वातावरण सरसफाइ लागि शुरु गरिएको उक्त कदमलाई सबैले प्रोत्साहन गरेका छन् | 


शहरको रेल्वे स्टेशनमा गत मंगलबार सोकलीन र पेटीएमको सहयोगबाट प्लास्टिक बोतल क्रशर मेशिन राखिएको छ | उक्त मेशिन त्यस्तो ठाउँमा मात्र राखिएको छ जहाँ मान्छेको भिड बढी हुने गर्छ | जसले बोतल प्रयोग गरिसकेपछी उक्त बोतल मेसिनमा खासाल्छन् र हरेक बोतलको ५ रुपयाँ उपहार पनि पाउँछन् | वातावरण दिवसको अवसरमा गरिएको उक्त कामलाई वातावरण प्रेमी र वनविभागको कर्मचारीले सहयोग गरेका थिए |


यस बिषयमा तपाइको प्रतिक्रिया...!