अमेरिकी राष्ट्रपति ट्रम्पको आज जन्मदिन, कति बर्ष भए ट्रम्प ?

Posted on: 14 Jun, 2018

जेठ ३१, वासिङटन (रासस/एएफपी) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षमा लाग्नुभएको छ । 

गत मङ्गलबार उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्तामा भाग लिएर वासिङटनको राजनीतिमा फर्किनुभएका राष्ट्रपति बिहीबार आफ्नो जीवनको ७२ वर्ष पूरा गर्नु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्ने ट्रम्प सवैभन्दा पाको व्यक्ति हुनुहुन्छ । अमेरिकी राष्ट्रपतिमा पहिलो कार्यकालका लागि निर्वाचित बन्दा ट्रम्प ७० वर्षको हुनुहुन्थ्यो । अमेरिकाको इतिहासमा रोनाल्ड रेगनले दोस्रो कार्यकाल सम्हाल्दा सन् १९८४ मा उहाँ ७३ वर्षको हुनुहुन्थ्यो । 

ट्रम्प शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनुहुन्छ । गत जनवरीमा गरिएको स्वास्थ्य परिक्षणमा उहाँ स्वस्थ्य रहनुभएको ह्वाइट हाउसका चिकित्सक रोनी ज्याकसनले बताउनुभएको थियो । 

ट्रम्पको रक्तचाप (ब्लड प्रेसर) ल्याबका रिपोर्टहरू आश्चर्यजनक ढङ्गबाट उत्कृष्ट भएको उहाँका निजी चिकित्सकले बताउनुभएको छ । 

उहाँको शारीरिक शक्ति र आत्मविश्वास निकै बलियो भएको पनि चिकित्सकको भनाई रहेको छ । अमेरिकी नागरिकहरु उहाँको उमेर र स्वास्थ्यका विषयमा निकै चासो लिने गर्दछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!