भारतमा सम्पादक शुजात बुखारी र अंगरक्षकको हत्या

Posted on: 15 Jun, 2018

असार १, कश्मिर | वरिष्ठ पत्रकार तथा अंग्रेजी अखबार राइजिंग कश्मीरको मुख्य संपादक शुजात बुखारी तथा उनको पीएसओलाई आतंककारीहरुले बिहिबार हत्या गरेका छन् । पत्रकार बुखारीलाई उनको गाडीमा घेरेर आतंककारीहरुले अन्धाधुन्द फाएरिङ गरेका थिए ।

केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, मुख्यमंत्री महबूबा मुफ्ती तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले उक्त आक्रमणको निन्दा गरेका छन् । प्रहरिले घटनाको अनुसन्धान गरेको छ । प्रहरीले आसपासको क्षेत्रमा घेराबन्दी गर्दै खानतलाशी अभियान शुरू गरेको छ । 

साँझ सात बजे प्रेस बिज्ञप्ति जारी गर्दै जब उनि आफ्नो गाडीमार्फत कतै जान लाग्दै थिए तब आतंककारीहरुले गाडी घेरेर अन्धाधुन्द गोलिहरु हाने । त्यसपछि उनीहरु फरार भए । जानकारीमा आए अनुसार चार आतंककारीहरुले निकै नजिकबाट सम्पादक बुखारीमाथि गोली प्रहार गरेका थिए । सूत्रको अनुसार आतंककारीहरुले बुखारीको अंगरक्षक (पिएसओ) को हतियार पनि लागेका छन् ।

घटनापछी बुखारी तथा उनको अंगरक्षकलाई एसएमएचएस अस्पताल लागिएको थियो, जहान डाक्टरहरुले मृत घोषणा गरेका थिए । 

यस घटनालाई लिएर भारतमा आधिकारिक प्रेस संगठन तथा संचार संस्थाहरुले गहिरो दु:ख व्यक्त गर्दै घटनाको घोर भत्सना गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!