भारतमा बस दुर्घटनामा ४४ जनाको मृत्यु

Posted on: 01 Jul, 2018

असार १७, भारत (देहरादुन) | भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ । 

उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् । 

“दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ, अरु कम्तीमा पनि तीन जना घाइते भएका छन्,” एक जना प्रकोप व्यवस्थापन अधिकृत दिपेश चन्द्र कालाले भन्नुभयो । 

उहाँले घटनाका बारेमा खवर पाउने वित्तिकै उद्धार तथा सहयोगी टोली घटनास्थलमा पुगेर उद्धार गरेको पनि एएफपीलाई जानकारी दिनुभयो । रासस/एएफपी 

Photo: Bhaskar.com 

यस बिषयमा तपाइको प्रतिक्रिया...!