कमाण्डरसहित तीन तालिबान मारिए

Posted on: 05 Jul, 2018

असार २१, अफगानिस्तान | अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा कारबम विस्फोटमा परी तालिबानका एक वरिष्ठ कमाण्डरसहित तीन आतङ्ककारी मारिएका छन् । 

यस विस्फोटमा परी कम्तीमा चार जना तालिबान घाइते भएका छन् । 

प्रान्तीय सरकारका प्रवक्ता आताउल्लाह खोगीआनीले यस घटना र हताहतको पुष्टि गर्नुभएको छ । 

नान्गाहार प्रान्तको खोगाीआनी जिल्लामा एउटा कारमा बम जडान गरिएको र सोही विस्फोटमा परी तालिबानका वरिष्ठ कमाण्डर मुल्लाह हाकिमुल्लाहसहित तीन आतङ्ककारी मारिएका हुन् । 

यस घटनाको विस्तृत विवरण प्राप्त भएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!