भारतको आकासमा ३२८ यात्रु बोकेका दुई बिमान ठोक्किनबाट जोगिए

Posted on: 12 Jul, 2018

असार २८, काठमाडौँ | भारतको ब्यांग्लोर स्थित आकासमा एकापसमा नजिक आउंदै गरेका दुई बिमान दुर्घटनाबाट जोगिएका छन् ।  

आकासमा ३२८ यात्रु सहित उड्दै गरेका भारतको बिमान इंडिगोका २ विमानहरु एकापसमा ठोक्किनबाट बचेका छन्, दुई बिमान झन्डै ६० मिटरको दुरीबाट गएपछि ठूलो दुर्घटना टरेको हो । एकापसमा नजिक रहेका दुई बिमानहरुलाई ट्राफिक सिस्टमको मद्धतले दुर्घटनाबाट जोगाएको हो । एकापसमा ठोक्किन तयार रहेको अवस्थामा दुवै पाईलटले ट्राफिक संकेत पाएका थिए । लगत्तै दुवै बिमानले आफ्नो दिशा बदलेका थिए, जसको बाबजुत ६० मिटरको दुरीमा दुई जहाज रहँदा ठोक्किनबाट जोगिए । 


ट्राफिक संकेत हुँदा बिमानहरु ५ किलोमिटरको दुरीमा थिए । जुन दुरी दुई जहाजले केहि सेकेन्डमै पार गर्न सक्थ्यो ।  तर सूचना पाए लगत्तै पाईलटहरुले विमानको दिशा बदलेका थिए । घटना मंगलवारको हो । जुन घटनाको जानकारी एयरलाइन्सको स्रोतले आज मात्र दिएको हो । 

समाचार स्रोतका अनुसार, दुवै विमानमध्ये एक कोयम्बटूरदेखि हैदराबाद र अर्को बिमान ब्यांग्लोरदेखि कोच्चि जाँदै थियो । हैदराबाद जाँदै गरेको विमानमा १६२ यात्रु थिए भने कोच्चि जाँदै गरेका विमानमा १६६ जना यात्रु सवार थिए । 

- माथिको तश्विर इन्डिगो एयरको प्रतीकात्मक तश्विर हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!