अमेरिकाको विमानस्थलबाट हराएकी चिनियाँ बालिका फेला परिन्

Posted on: 04 Aug, 2018

साउन १९, वासिङ्टन (रासस/एपी) | अमेरिकाको वासिङ्टन नजिकको एक विमानस्थलबाट हराएकी एकजना चिनियाँ बालिका न्युयोर्कमा आफ्नो आमाबुबासँग भेटिएकी छिन् । 

वासिङ्टन मेट्रोपोलिटन नगरको एयरपोर्ट प्रहरीले विज्ञप्ति प्रकाशन गरेर सो जानकारी गराएको हो । 

जिनजिङ मा नाम गरेकी १२ वर्षीय ती बालिका वासिङ्टननजिकको सो विमानस्थलबाट गएको बिहीबार हराएकी थिइन् । चिनियाँ पर्यटकको समूहमा रहेकी उनी विमानस्थलबाटै हराएकी थिइन् । 

उनलाई आमाबुवासँगै साथमा भेटिएको सो प्रहरी विमानास्थल प्रहरीले जनाएको छ । 

तर समूहबाट हराएको भनिएकी उनी विमानस्थलबाटै के कसरी हराइन् र कसरी आमाबुवासँग पुगिन् भन्ने बारेमा अनुसन्धान गर्न एक प्रहरी अधिकृतको अध्यक्षतामा समिति गठन गरिएको जनाएको छ । 

समूहमा गएकी उनी विमानस्थलको आगमन कक्षबाट बाहिरिएको ‘रेकर्ड’ नभएकोले उनी हराएको भनी प्रहरीले व्यापक रुपमा खोजी गरिरहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!