मोदीका मन्त्रीविरुद्ध लाग्यो बलात्कारको आरोप

Posted on: 11 Aug, 2018

साउन २६, काठमाडौं । नरेन्द्र मोदी सरकारका रेल राज्यमन्त्री राजेन गोहाईमाथि रेल विभागमा जागिर दिलाउने बहानामा एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

पीडित महिलाले मन्त्रीविरुद्ध असमको नगांव थानामा एफआईआर दर्ता गरेका छन् । जागिर दिने बहानामा बलात्कार गरेको र धम्क्याएको भन्दै राज्यमन्ज्त्री गोहाईविरुद्ध दर्ता गरिएको एफआईआरमा उजुरीकर्ता र उनकी बहिनीलाई पीडित भनिएको छ ।

मन्त्रीले जागिर दिने बहानामा करिव ७/८ महिनासम्म शौन शोषण गरेको पीडितको दाबी छ । तर, पछि मन्त्रीले फोनमा कुरा गर्न छाडेको र नंगावस्थित आफ्नेा निवासमा प्रवेश गर्न रोक लगाएको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

उनीहरुले धम्कीको अडियो पनि रहेको दाबी गरेका छन् । मन्त्रीको छोराले पनि उनीहरु र परिवारको सदस्यलाई ब्लाकमेलिङ गरेको उजुरी प्रहरीमा दर्ता भएको छ ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता राजेन गोहाई सन् १९९० देखि नगांव लोकसभा सिटका सांसद हुन् । उनले राजनीतिक प्रतिशोध साध्न यो आरोप लगाएको दाबी गरे ।

असम प्रदेश कांग्रेकिा प्रवक्ता अपूर्व भट्टले भने मन्त्रीबाट हटाएर निश्पक्ष छानविन गर्न माग गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!