अफगानिस्तानमा २२ लडाकू मारिए

Posted on: 18 Aug, 2018

भदौ २, अफगानिस्तान | अफगानिस्तानको जाबुल प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा २२ लडाकू मारिएका छन् । 

अफगान हवाई बलले शुक्रबार गरेको कारबाहीमा उनीहरु मारिएका स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् । 

“तालिबान लडाकू भेला भएर बसेका थाहा पाएपछि सुरक्षा फौजले शुक्रबार दिउँसो सो हवाई कारबाही सुरु गरेका थिए,” प्रान्तीय प्रहरी प्रमुख मोहम्मद मुस्ताफा मायरले भन्नुभयो । 

मारिएका तालिबान लडाकूमा स्थानीय कमाण्डर मुल्लाह ताटिफ, असाडुल्लाह, असिर र बार्याली पनि रहेको उहाँले बताउनुभयो । 

आक्रमणका क्रममा लडाकूले प्रयोग गर्ने गरेको ११ ओटा मोटरसाइकल पनि नष्ट भएको प्रहरी प्रमुख मायरले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!