पेरु र ब्राजिलको सीमानामा शक्तिशाली भूकम्प, थप विवरण आउन बाँकी

Posted on: 24 Aug, 2018

भदौ ८, वासिङ्टन, संयुक्त राज्य अमेरिका | (रासस/एएफपी) | पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ । 

ग्रीनविच समय अनुसार विहान ९ बजे गएको भूकम्पको केन्द्रविन्दु पेरुको आइबेरिया शहरको १४० किलोमिटर पश्चिममा जमिनको सतहदेखि ६०९ किलोमिटरको गहिराईमा रहेको भूयुएसजीएसले जनाएको छ । 


भूकम्पको केन्द्रविन्दु ग्रामिण इलाकामा रहेकोले यसबाट भएको क्षतिको विवरण समाचार तयार पार्दासम्म प्राप्त भैसकेको छैन । 

पेरुको दक्षिणी क्षेत्रमा यस पहिले सन् २००१ मा ८.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प र यसबाट आएको सुनामीका कारण ७४ जनाको मृत्यु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!