साउदी नेतृत्वको सैनिक गठबन्धनद्वारा बसमा आक्रमण भुलबस भएको स्वीकार

Posted on: 01 Sep, 2018

भदौ १६, रियाद | साउदी नेतृत्वको सैनिक गठबन्धनले बालबालिका रहेको बसमा भएको आक्रमण ‘गलत’ भएको शनिबार जनाएको छ । 

यमनमा सन २०१५ देखि तैनाद गठबन्धन सेनाबाट अगस्टमा भएको उक्त आक्रमणमा ४० जना बालबालिकासहित ५१ जनाको मृत्यु भएको थियो । जसको विश्वभर आलोचना भएपछि गठबन्धनले अनुसन्धान शुरु गरेको थियो । 

गठबन्धनबाट गरिएको छानविनमा उक्त घटनामा कमजोरी भएको पाइएको जनाएको छ । एक अधिकारीले भने, “व्यस्त बजारमा गुडिरहेको बसमा हवाई आक्रमण हुनु ‘गलत’ भएको जनाउँदै यसमा सम्लग्न दोषीलाई कानूनी दायरामा ल्याइने छ ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!