पानी जहाज दुर्घटनामा परी दशको मृत्यु, १२६ को उद्धार

Posted on: 15 Sep, 2018

भदौ ३०, जाकार्ता (रासस/सिन्ह्वा) | इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परेका अरु १२६ जनालाई भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । 

‘केएम फुङका पेर्माटा’ नामक पानी जहाज दक्षिणी पूर्वीसुलवेसीको बाउबाउबाट बनगाई भन्ने ठाउँतर्फ गइरहेको बेला मध्यइन्डोनेसियाको सागुमा दुर्घटना भएको हो । 

यातायात मन्त्रालयका प्रवक्ता बामबाङ इर्भानले पानी जहाजमा आगलागी भएपछि जहाज पानीमा पल्टिएको जानकारी दिनुभयो । 

उद्धारकर्ताले दुर्घटना भएको जहाजलाई शनिबार बिहान बनगाई बन्दगाहमा अवतरण गराएको पनि उहाँले बताउनु भयो । 

इन्डोनेसियामा बेला बेलामा भइरहने यस्ता पानी जहाज दुर्घटनामा परी बर्षेनी सयौँको मृत्यु हुनेगरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!