जेलबाट दर्जनौं कैदी फरार

Posted on: 16 Sep, 2018

भदौ ३१, म्यानमार | म्यानमारको एउटा जेलमा रहेका दर्जनौं कैदीहरु आइतबार जेल तोडेर भागेका छन् । 

आइतबार बिहान कारेन राज्यको हा–आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुका अनुसार कैदीहरुको आक्रमणबाट जेलर घाइते भएका थिए । कैदीहरुले सोही ट्रक लिएर फरार भएका छन् । 

कारेन राज्यका प्रहरी प्रमुख औङ म्याट मोइले जेलबाट ४१ जना कैदीहरु भागेको जानकारी दिनुभयो । तीन जनालाई भने पुनः प्रक्राउ गर्न सफल भएको पनि उहाँले बताउनुभयो । 

आक्रमण भएको जेलमा झण्डै दुई हजार कैदीहरु रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!