परेड कार्यक्रममा आक्रमण आठ सैनिकको मृत्यु

Posted on: 22 Sep, 2018

असोज ६, तेहरान | इरानको दक्षिणपश्चिम प्रान्त खुजेस्तानमा जारी सेनाको परेड कार्यक्रममा शनिबार भएको आक्रमणमा परी कम्तीमा आठ सैनिकको मृत्यु भएको छ । 

उक्त हताहतको जानकारी प्रान्तका उप गभर्नर अलि हुसेन हुसेनजादेहले दिनु भएको छ । यस आक्रमणमा परी कम्तीमा आठ सैनिकको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका उप गभर्नर अलि हुसेनलाई उद्धृत गर्दै अर्ध सरकारी समाचार सस्था इज्नाले जानकारी दिएको छ । 

यस आक्रमणमा घाइते भएकाहरुको अवस्था पनि चिन्ताजनक भएको जनाइएको छ । घाइतेहरुको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या पनि बढ्न सक्ने सरकारी अधिकारीहरुको अनुमान रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!