४७ जना यात्रु सवार विमान समुन्द्रमा खसेपछि...

Posted on: 28 Sep, 2018

असोज १२ काठमाण्डौं । दक्षिणी प्रशान्त क्षेत्रको देश माइक्रोनेसियामा एयर न्यूगिनीको विमान समुन्द्रमा खसेको छ ।

रनबेमा ल्याण्ड गर्ने क्रममा विमान चिप्लिएर समुन्द्रमा खसेको विमानस्थलका अधिकारीले जनाएका छन् । ४७ यात्रु बोकेको पपुआ न्यू गिनीको एयर न्यूगिनीको बोइङ ७३७–८०० विमान मोइकोनेसियास्थित चुक विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर समुन्द्रमा पसेको हो। विमान खसेपछि विमानभित्र रहेका यात्रु र चालक दलका सदस्यहरुको डुंगाका माध्यमबाट उद्धार गरिएको छ । अहिले विमान मात्रै समुन्द्रमा डुबेको छ ।


विमानका यात्रुहरु र चालक दलका सदस्यलाई अस्पताल लगिएको छ । अस्पतालमा आठजनामध्ये चार जनाको अवस्था गम्भीर रहेको र चारजनाको सामान्य रहेको जनाइएको छ । एयर न्यूगिनीले विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण भिजिविलिटी नभएका कारण विमान दुर्घटना भएको जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!