साउदी अरबद्वारा बजेट घाटा सन् २०२३ सम्म सन्तुलनमा ल्याउने

Posted on: 01 Oct, 2018

असोज १५, रियाद | (रासस/एएफपी) | साउदी अरबले आफ्नो बजेट घाटालाई आगामी सन् २०२३ सम्म सन्तुलनमा ल्याउने आइतबार जनाएको छ । 

तेलको मुल्य वृद्धिका कारण राजतन्त्रात्मक खाडी मुलुकमा राजस्व सङ्कलन र खर्चबीच असन्तुलन रहँदै आएको छ । 

बजेट घाटालाई क्रमशः घटाउँदै लाने र सन् २०२३ सम्ममा सन्तुलनमा ल्याउने अपेक्षा सरकारले गरेको छ, अर्थमन्त्रालय अन्तर्गतको अर्थनीति विभागका प्रमुख साद अल्साहरानीलाई उद्धृत गर्दै साउदी अरबको राज्य सञ्चालित सन्चार संस्था, साउदी प्रेस एजेन्सीले जनाएको छ । 

कच्चा तेलको निर्यातका लागि विश्वको प्रमुख राष्ट्र साउदी अरबले सन् २०१४ मा तेलको भाउमा आएको गिरावटका कारण २ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको बजेट घाटा व्यहोर्दै आएको छ । 

सन् २०१६ मा बजेट घाटा कुल ग्राहस्थ उत्पादनको १७.२ प्रतिशत रहेकोमा सन् २०१७ मा झरेर ९.३ प्रतिशत पुगेको अन्तराष्ट्रिय मुद्रा कोषको तथ्याङ्कमा देखिएको छ । 

अल्साहरानीले भन्नुभयो, “सरकारले बजेट र खर्चको अन्तरलाई संरचनागत सुधारका माध्यमबाट घटाउँदै लग्ने बताउनुभयो ।” साउदी नागरिकलाई रोजगारी दिँदै सरकारको खर्चमा पुनः मुल्याङ्कन गर्दै जाने पनि उहाँले बताउनुभयो । 

साउदी अरबले पछिल्ला बर्षहरूमा आम्दानीका स्रोतलाई व्यापक रूपमा विस्तार गर्दै गएको छ । उसले प्रवासी कामदारबाट शुल्क उठाउने साथै इन्धन तथा विद्युतको मुल्य बढाउनेजस्ता आम्दानीका स्रोतबाट बजेट घाटालाई व्यापक रूपमा सुधार गर्दै आएको छ । 

उसले स्थानीयलाई रोजगारीका अबसर दिँदै विदेशीलाई विस्थापित गर्ने कार्यक्रमलाई पनि अघि सारेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!