अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

Posted on: 03 Oct, 2018

असोज १७, वासिङटन | अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ आउदो आइतबार उत्तर कोरिया जानुहुने भएको छ । 

भ्रमणका क्रममा उहाँले उत्तर कोरियाका नेता किम जोङ उनलाई भेटेपछि आणविक निशस्त्रीकरणको प्रक्रिया थप अगाडी बढ्ने अपेक्षा विदेश विभागले जानकारी दिएको छ । 

यसअघिको सम्झौता कार्यान्वयन गराई शान्ति स्थापनाका लागि अहिलेको भेट थप उपलब्धीमुलक हुने विदेश विभागले विश्वास व्यक्त गरेको छ । 

उहाँले दुई देशको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको दोस्रो शिखर बैठकका लागि तयारी पनि गराउनुहुने बताइएको छ ।

उहाँले अहिले तेस्रो पटक भ्रमण गर्न लाग्नु भएको हो । पोम्पेओले यसअघि दुई पटक किमलाई भेटिसक्नु भएको छ । 

उहाँका यसअघिका भेटवार्ता तथा भ्रमणहरुले सही बाटो नै देखाएको विश्लेषण गरिएको छ । 

यसअघि पनि पोम्पेयोले गत अगस्टमा उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गर्नु भएको थियो । तर सो भ्रमणलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गर्नु भएको थियो । 

कमै मात्र विदेशको भ्रमण गर्ने गर्नु भएका उत्तर कोपियाली नेता किम गत जुनमा सिङ्गापुरमा भएको शिखर सम्मेलन अमेरिकी राष्ट्रपति भेटवार्ता छलफल दुईपक्षीय सम्झौता समेत गनु भएको थियो । द्वीपक्षीय सम्झौता कोरियाली प्रायद्वीपमा निशस्त्रीकरण विषय रहेको थियो । 

पोम्पेयोको उत्तर कोरियाको भ्रमणपछि दक्षिण कोरियातर्फ लाग्नु हुने र त्यहाका राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गर्नु हुने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!