गोली लागेर एक प्यालेस्टिनीको मृत्यु

Posted on: 24 Oct, 2018

कात्तिक ७, जेरुसेलम | उत्तरी गाजा क्षेत्रमा इजरायली सेनासँग भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इजरायली सेनाका प्रवक्ताले उत्तरपूर्वी शहर नाब्लुसको ताम्मुनमा झडपको भएको पुष्टि गर्नु भएको छ । तर मानवीय क्षतिको विषयमा भने आफूलाई जानकारी नभएको बताउनुभयो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मारिएका व्यक्तिको नाम मोहमद बिशारात भएको र उनी २१ वर्षको भएको पुष्टि गरेको छ । 

इजराली सैनिकले प्रहार गरेको गोली छातीमा लागेपछि उनको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!