पछिल्लो सात महीनामा ९ जना उच्च पदस्थ अधिकारीले फेसबुक छाडे, यस्ता छन् कारण

Posted on: 25 Oct, 2018

कात्तिक ८, काठमाडौँ (एजेन्सीको सहयोगमा) | पछिल्लो बर्ष फेसबुकले बिबिध बिबादको सामना गर्नुपरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डलपछी पछिल्लो सात महीनामा ९ जना उच्च पदस्थ अधिकारीहरुले फेसबुक ग्रुप छाडेका छन् । हालै पनि फेसबुकका अक्युलसका को-फाउन्डर ब्रैन्डन इराइबले कंपनी छाड्ने जनाएका छन् । अक्युलस भर्चुअल रियालिटी (भीआर) ले हेडसेट बनाउँछ र २०१४ मा फेसबुकले यसलाई करीब १२,१०० करोडमा किनेको थियो । ब्रैन्डनले फेसबुकको एग्जीक्यूटिव टीमसँग मतभेदको कारण कंपनी छाड्ने फैसला गरेका छन् । 

को-कोले छाडे फेसबुक ? 

१. जेन कूम : व्हाट्सऐपका को-फाउन्डर, फेसबुकका बोर्ड मेम्बरमा शामिल । उनले अप्रिल 2018 मा फेसबुक छाडेका थिए । फेसबुकको डाटा पोलिसीबाट असन्तुष्ट बनेका कारण उनले राजिनामा दिएका थिए ।

२. इलियट श्राज: यिनी फेसबुकका कम्युनिकेशन एन्ड पब्लिक पोलिसीका प्रमुख थिए । यिनले जून 2018 मा फेसबुक छाडेका थिए  । १० बर्षसम्म काम गरेका यिनले नयाँ कम्पनी शुरुवात गर्नको लागि फेसबुक छाडेका थिए । 

३. एलेक्स स्टमस: यिनी फेसबुकका चिफ सेक्युरिटी अफिसर थिए । यिनले स्टेफोर्ड यूनिभर्सिटीमा पढाउनुपर्ने कारण बताएर फेसबुक छाडेका थिए ।

४. डेन रोज: यिनी पार्टनरशिपको भाइस-प्रेसिडेन्ट थिए । यिनले अगस्त 2018 मा फेसबुक छाडे । आफ्नो परिवारसँग समय बिताउन भन्दै उनले कम्पनी छाडेका थिए ।

५. रशैल वेट्सटोन: यिनले टप कम्युनिकेशन एग्जीक्यूटिव पदमा फेसबुकमा काम गर्थिन । अगस्त 2018 मा फेसबुक छाडेकी यिनले नेटफ्लिक्समा पब्लिक रिलेशन अफिसरको काम पाएको भन्दै फेसबुक छाडेकी थिइन् ।

६. एलेक्स हार्डिम्यान : यिनी फेसबुकको न्यूज प्रोडक्टको प्रमुख थिइन् । यिनले पनियो अगस्त 2018 मा कम्पनि छाडिन् । कम्पनी छाड्नुको कारण द एटलांटिकमा काम पाउनु रहेको बताइएको छ ।

७. केविन सिस्ट्रोम: यिनी इंस्टाग्रामका को-फाउन्डर थिए । यिनले कम्पनी सेप्टेम्बर 2018 मा छाडेका थिए । फेसबुकका प्रमुख मार्क जकरबर्गसँग मतभेद भएका कारण उनले फेसबुक छाडेको बताइएको छ ।

८. माइक क्रीगर: यिनी पनि इंस्टाग्रामका को-फाउन्डर थिए । यिनले पनि सेप्टेम्बर 2018 मै फेसबुक ग्रुप छाडेका थिए । यिनले पनि एलेक्स हार्डिम्यानले झैं फेसबुक छाड्नुको कारण फेसबुकका प्रमुख मार्क जकरबर्गसँग मतभेद रहेको बुझिएको छ ।

९ . ब्रैंडन इराइब: अक्युलसका को-फाउन्डर हुन् । उनले हालसालै फेसबुक छाड्ने निधो गरेका हुन् । यिनले फेसबुकको एग्जीक्यूटिव टीमसँग मतभेद रहेको कारण राजिनामा दिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!