अमेरिकामा फेरि अर्को मृत्युदण्ड !

Posted on: 02 Nov, 2018

कात्तिक १६, सिकागो | दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ । 

विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो । मृत्युदण्ड पाउनेमा ६३ वर्षीय एडमन्ड जागोसरकी रहेका छन् । 

जागोरसकी सन् १९८३ मा दुई व्यक्तिलाई गाँजाको लोभ देखाएर जङ्गलमा पुर्याई हत्या गरेका थिए । हत्या गरिएका व्यक्तिको शरीर दुईहप्ता पछि फेला परेको थियो । उनीहरु दुवैलाई गोली हान्नुका साथै घाँटी रेटिएको थियो । 

अमेरिकी सर्वोच्च अदालतमा अन्तिम क्षणमा गरिएको अपिल सर्वोच्चले खारेज गरेको थियो । 

मृत्युदण्डका लागि संयुक्तराज्य अमेरिकाका नौवटा राज्यमा अझै पनि विद्युतीय कुर्चीको प्रयोग हुने गरेको छ । 

टेनिसी राज्यका अधिकारीहरुले टेनिसी राज्यको कानुन बमोजिम मृत्युदण्ड दिइएको बताएका छन् । –एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!