म्यानमारमा आज संसदीय निर्वाचन

Posted on: 03 Nov, 2018

कात्तिक १७, याङ्गुन | बहुदलीय व्यवस्था रहेको म्यानमारको संसद्का लागि शनिबार निर्वाचन भएको छ । 

स्थानीय समयअनुसार शनिबार बिहान सुरु भएको निर्वाचनका लागि झण्डै नौ लाख मतदाता रहेको जनाइएको छ । 

निर्वाचनमा विभिन्न २४ पार्टीका ६२ जनासहित कुल ६९ जना उम्मेदवार रहेको अधिकारीले जनाएका छन् । तीनीहरुमध्ये सात जना स्वतन्त्र उम्मेदवार हुन् । 

देशका नौ क्षेत्र तथा प्रदेशबाट निर्वाचित हुने १३ संसदीय सिटका लागि सांसद छनौट गर्न एक हजार ३८३ ठाउँमा मतदान केन्द्र तोकिएको छ । 

कुल १३ मध्ये चार जना तल्लो सदनका लागि, एक जना माथिल्लो सदनका लागि र अरु आठ जना प्रान्तीय सदनका लागि चयन हुने समाचारमा जनाइएको छ । 

निर्वाचनका लागि सत्तारुढ दल नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी)ले सबै अर्थात् १३ सिटका लागि उम्मेदवार उठाएको छ भने पुर्वसत्तारुढ दल युनियन सोलिडारीटी एण्ड डेभलभमेन्ट पार्टी (युएसडीपी)ले दश सिटमा उम्मेदवार बनाएको छ । अन्य बाँकी सिटमा भने अन्य पार्टीका उम्मेदवार रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!