गोली लागेर तीन सुरक्षाकर्मीसहित १५ को मृत्यु

Posted on: 10 Nov, 2018

कात्तिक २४, क्वाला ए नाव (अफगानिस्तान)(रासस/सिन्ह्वा) | अफगानिस्तानमा भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ । 

मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । 

अफगानिस्तानको बड्घीस प्रान्तको क्याडिस जिल्लामा शुक्रबार यो घटना भएको प्रान्तीय प्रहरी प्रमुख अब्दुल अजिज बिगले शनिबार जानकारी दिनुभयो । 

तालिबान लडाकूहरुले सुरक्षा चेकपोष्टमा आक्रमण गरेपछि गोली हानाहान भएको उहाँले बताउनुभयो । 

भिडन्तमा परी आठ जना लडाकू र ११ जना सुरक्षाकर्मी घाइते भएका छन् । तर घटनाका बारेमा अहिले सम्म प्रहरी वा तालिबान लडाकू कुनै पक्षले पनि कुनै प्रतिक्रिया दिएका छैनन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!