रात्रि क्लबमा भागदौड: ६ जनाको मृत्यु, दजनौँ घाइते

Posted on: 08 Dec, 2018

मङ्सिर २२, इटाली | इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । 

बिहान १:०० बजेको समयमा आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड मच्चिएको थियो । 

अग्नी नियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयले ट्वीटरमार्फत प्रेषित एक विज्ञप्तिमो भनिएको छ, “एउटा तीखो वस्तुलाई मानिसहरूको भीडबाट हटाउने क्रममा क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय व्यक्ति लडेका र उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्ने क्रममा उक्त दुःखद घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।” 

स्थानीय सामाचारहरूमा एड्रियाटिक सामुद्रिक तटीय क्षेत्रमा रहेको एन्कोना राज्यको कोरिनाल्डो सहरमा ब्लु लानटर्न क्लबभित्र करिब एक हजार व्यक्तिले मनोरञ्जन लिइरहेका समय एक्कासी भागदौड मच्चिएको बताइएको छ । 

“क्लबमा जब अति कडा गन्ध फैलियो उक्त समय हामीहरू कन्सर्टको पर्खाइमा नाचेर मनोरञ्जन गरिरहेका थियौँ,” घटनामा घाइते भई उपचाररत एक प्रत्यक्षदर्शी १६ बर्षीय युवकले भने । 

उनले थपे, “त्यसपछि हामी क्लबको एउटा आकस्मिक प्रस्थान गेटमा पुग्यो तर क्लबका सुरक्षागार्ड (बाउन्सर) ले फिर्ता हुन भनेपछि फर्कियौँ तर भागदौडका कारण चोट लाग्या ।” (रासस÷एएफपी)

यस बिषयमा तपाइको प्रतिक्रिया...!