सूडानमा रोटीको लागि भड्कियो हिंशा, १९ को मृत्यु, २१९ घाइते

Posted on: 28 Dec, 2018

पुष १३, एजेन्सी | रोटीको बढ्दो महंगीको विरोधमा सूडानमा हिंशा भड्किएको छ । जसमा १९ जनाको मृत्यु भएको छ भने २१९ जना घाइते भएका छन् । 

मानिसहरु सरकारको बिरोधमा प्रदर्शन गर्दै थिए, यसै क्रममा सूडानको दंगा-रोधी पुलिससँग झडप भएको थियो । सरकारले बिहिबार भनेको छ कि मृत्यु हुनेहरुमा दुई जना सुरक्षाकर्मी पनि छन् ।

सरकारी प्रवक्ता बोशरा जुमाले टेलिभिजनलाई बताए अनुसार घटनामा दुई सुरक्षाकर्मी सहित १९ जना मारिएका छन् । २१९ जना घाइते भएका छन् । 

सरकारले यस साताको शुरुवातमा रोटीको मूल्य एक सूडानी पाउन्ड (0.02 डलर यानेकि करीब २ रुपया नेपाली) बाट बढाएर तीन सूडानी पाउन्ड (0.063 डलर यानकी ७ रुपयाँ नेपाली) गर्ने घोषणा की गरेको थियो । सूडानमा भोकमरीको ठूलो समस्या छ । 

सुडानमा ईन्धनको मूल्य पनि दोब्बर बढ्ने चर्चा छ, जसको कारण पनि मानिस निकै आक्रोशित भएका छन् । यहाँ बुधवारदेखि सरकारको बिरुद्ध प्रदर्शन भईरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!