भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणकै लागि खर्चिए ३२ अर्व !

Posted on: 29 Dec, 2018

पुष १४, नयाँ दिल्ली | भारतका प्रधानमन्त्री मोदीको विदेश भ्रमणको क्रममा खर्च भएको आर्थिक विवरण सार्वजनिक भएको छ | २०१४ देखि नरेन्द्र मोदीले विदेश दौरानका क्रममा हालसम्म नेपाली  ३२ अर्व भन्दा बढी खर्चिएको विवरण सार्वजनिक भएको हो |

भारत सरकारले संसदमा दिएको सूचना अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २०१४ देखि विदेश यात्राको क्रममा चार्टर्ड उडान तथा हटलाइन सुविधा उपयोग गर्ने क्रमना २,०२१ करोड भारतीय रुपयाँ बराबरको खर्च गरेका छन् | 

राज्यसभाको एक प्रश्नको जवाफको क्रममा विदेश राज्यमन्त्री वी के सिंहले यस बिषयमा जानकारी गराएका हुन् | उनले राज्यसभा;लाई जवाफ दिँदै २०१४ देखि २०१८ को बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा विदेश यात्राको क्रममा गरिएको खर्च र अन्य जानकारी दिएका थिए | 

केन्द्रीय मन्त्रीद्वारा उपलब्ध गराइएको आंकडा अनुसार, २००९ देखि २०१३/१४ सम्म मनमोहन सिंह प्रधानमन्त्री भएको बेलामा विदेश यात्राको दौरान चार्टर्ड उडान, हटलाइन सुविधामा साढे २१ अर्व खर्च भएको थियो |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!