अष्ट्रियामा जर्मनीका तीन नागरिकको मृत्यु, एक बेपत्ता

Posted on: 13 Jan, 2019

पुस २९, बर्लिन | अष्ट्रियाली आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा जर्मनीका तीन नागरिकको मृत्यु भएको छ । अर्का एक जना भने अझै बेपत्ता रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

मृतकहरु ५७, ३६ र ३२ बर्षका पुरुष रहेको जनाइएको छ । शनिबार बेलुका लेच नजिकै हिउँमा खेल्न गएकाहरुको केहीबेरमै मृत्यु भएको बताइएको छ । 

अष्ट्रियाको भोरार्बर्गमा रहेको प्रहरी कार्यालयले आइतबार मृतकका आफन्तहरुले खोजी गरिदिन आग्रह गरेपछि खोजी गरिएको जनाएको छ । 

अझैपनि बेपत्ता रहेका २८ वर्षीय अर्का एक जना जर्मन नागरिकको पनि खोजी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् । 

अत्यधिक हिउँ र हिमपहिरो आउन सक्ने खतराका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाई छ । 

युरोपेली देशहरुमा अहिले अत्यधिक चिसोका कारण हिउँ परेपछि मानवीय क्षति भएका समाचारहरु आइरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!