फिलिपिन्समा शक्तिशाली भूकम्प

Posted on: 16 Jan, 2019

माघ २, दाभाओ सिटी | दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । 

स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराईमा रहेको सो विभागले जानकारी दिएको छ । 

भू विज्ञान निकायका अनुसार यस भूकम्पपछि फिलिपिन्सको दक्षिण द्वीप मिन्दानाओमा समेत यस भूकम्पको कम्पन महसूस गरिएको थियो । फिलिपिन्समा गत डिसेम्बर २९ मा आएको ७.२ म्याग्नीच्युड को भूकम्प आएको थियो । 

यस भूकम्पपछि पनि कूनै मानवीय र सपत्ती क्षतिको भने कुनै समाचार भएको थिएन । फिलिपिन्समा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!