कारबम आक्रमणमा परि २१ जनाको मृत्यु, ६८ घाइते

Posted on: 18 Jan, 2019

माघ ४, बोगोटा | कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो । 

यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भिषण आक्रमण भएको सरकारी अधिकारीहरुले बताएका छन् । 

आतङ्ककारीहरुले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारी साधन विस्फोट गराएका रक्षा मन्त्रालयले जानकारी दिएको छ । 

दुर्भाग्यबस यस बम आक्रमणमा परी २१ व्यक्तिको मृत्यु भएको र मृतकहरुमा आक्रमणकारी समेत रहेका पनि सो समाचारमा बताइएको छ । 

यस घटनामा परी घाइते भएका ६८ जनामा ५८ उपचारपछि घर फर्केका बताइएको छ । रक्षा मन्त्रालयले शुरुमा दिएको जानकारी अनुसार यस आक्रमणमा ११ जनाको मृत्यु हुनुको साथै ६५ घाइते भएका थिए । 

कोलोम्बियाका राष्ट्रपति इभान डुक्वेले यस घटनापछि दुःख व्यक्त गर्नुभएको छ । उक्त दुःखद घटनापछि गर्नु भएको ट्वीटमा लेख्नु भएको छ– सबै कोलोम्बियाली आतङ्कबादलाई अस्विकार गर्छन् र सबै एक भई आतङ्कबादविरुद्ध लड्ने छन् । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएका छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!