जहाजमै पाइलटबीच एक आपसमा कुटाकुट भएपछि...

Posted on: 21 Jan, 2019

माघ ७ काठमाडौं | भारतको लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको एउटा जहाजका पाइलटबीच कुटाकुट भएको छ ।  जहाज उड्नु भन्दा केही अघि एयर इन्डिगोको विमान (६-ई२२६) का दुई पाइलटबीच जहाजमै कुटाकुट भएको हो । 

पाइलटबीचको झगडाले यति उग्र रुप लियो कि उनीहरु जहाज उडाउनै छाडेर एयरपोर्टबाट बाहिरिए । यसका कारण जहाज पौने चार घण्टासम्म एयरपोर्टमै रोकियो । पाइलटबीचको कुटाकुटका कारण यात्रुहरु ४५ मिनेटसम्म जहाजमै रोकिएका थिए । 


पाइलटबीचको कुटाकुटले जहाज ढिलो हुँदा यात्रुले एयरपोर्टमै हंगामा गरे। त्यसपछि एयरलाइन्स प्रशासनलले पुणेबाट कोलकाता जाने विमान ६ई-५२३ का पाइलटलाई बोलाएर यस जहाजलाई साढे चार घण्टापछि साँझ ६.४९ बजे बैंगलोर पठाए । 

इन्डिगो एयरलाइन्सको विमानलाई चौधरी चरण सिंह अन्तरराष्ट्रिय एयरपोर्टबाट दिउँसो २ बजेर २० मिनेटमा लखनउबाट उडान भरेर अपरान्ह ४.३५ बजे बैंगलोर जानुपर्ने थियो । शनिवार जब यात्री एयरपोर्टको धावनमार्ग पुगे तब विमान ढिलो उड्ने थाहा पाए । 

धेरै ढिलासम्म विमान रनवेतर्फ नगएपछि यात्रीले एयरहोस्टेसलाई सोधेर पाइलटको झगडा थाहा पाए । एवई सिरिजको सिटमा बसेका यात्रुका अनुसार दुवै पाइलटले कुटाकुटपछि जहाज उडाउन अस्वीकार गरेका थिए । त्यसपछि पाइलटहरु जहाजबाट बाहिरिएका थिए । 

एयरपोर्ट सूत्रले भने पाइलटबीच झगडा नभएको दाबी गरेको छ ।पाइलटको ड्यूटी पूरी भएकाले उनीहरुले जहाज उडाउन नमानेको दाबी एयरपोर्ट प्रशासनले गरेको छ । यात्रुका अनुसार पाइलट कुटाकुट गर्न थालेपछि इन्डिगो एयरको हेल्पलाइनमा फोन गर्दा कर्मचारीले कुरा सुन्दै नसुनी फोन होल्डमा राखिदिएका थिए । 

एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!